प्रधानमन्त्री कप क्रिकेट

कर्णालीले पायो २७८ रनको लक्ष्य, सुदूरपश्चिमका ३ खेलाडीको अर्धशतक

नेपालभ्युज

कर्णालीले पायो २७८ रनको लक्ष्य, सुदूरपश्चिमका ३ खेलाडीको अर्धशतक

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई २७८ रनको लक्ष्य दिएको छ।

भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा २७७ रन बनाएको हो।

सुदूरपश्चिमका लागि खडक बोहरा, टेक रावत र किरण ठगुन्नाले अर्धशतकीय पारी खेले। खडकले ११४ बलमा ६ चौका प्रहार गर्दै ८० रन बनाए ।

टेकले ९१ रनमा ७ चौका प्रहार गर्दै ५९ रनको योगदान गरे। किरणले भने ३३ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५० रन बनाए। नारायण जोशी ३१ रनमा अविजित रहे।

कर्णालीका लागि दिपेन्द्र रावत, प्रकाश जैशी, उनिस सिंह र दिनेश अधिकारीले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved