प्रधानमन्त्री कपमा कोशीले दियो पुलिसलाई १६७ रनको लक्ष्य, सुजनको शतक

नेपालभ्युज

प्रधानमन्त्री कपमा कोशीले दियो पुलिसलाई १६७ रनको लक्ष्य, सुजनको शतक

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले नेपाल पुलिस क्लबलाई १६७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको कोशी ४८.२ ओभरमा १६६ रनमा अलआउट भएको हो ।

कोशीका लागि सुजन थपलियाले शतक बनाए । उनले १२६ बलमा ६ चौका र ८ छक्का प्रहार गर्दै १०५ रनको योगदान गरे । अभ्यश तिमिल्सिनाले २३ रन बनाए ।

पुलिसका लागि करण केसीले ३, सुनिल धमला र ललित राजवंशीले २/२ तथा कुशल भूर्तेल, राशिद खान र सागर ढकालले १/१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved