प्रभासको अर्काे फिल्म ‘द राजा साब’को घोषणा, ‘सलार’को तुलनामा कस्तो होला ? 

नेपालभ्युज

प्रभासको अर्काे फिल्म ‘द राजा साब’को घोषणा, ‘सलार’को तुलनामा कस्तो होला ? 

काठमाडौं । ‘सलार’को जबरजस्त कमाइपछि अभिनेता प्रभासको अर्काे फिल्म ‘द राजा साब’को घोषणा भएको छ । ‘कल्की २८९८ ईस्वी’को रिलिज मिति घोषणा भइसकेको छ ।

फिल्म ‘द राजा साब’ ‘सन् २०२४’ मै आउने बताइएको छ ।

सोमबार सामाजिक सञ्जालबाट प्रभासले आफ्नो नयाँ फिल्म ‘द राजा साब’ निर्माणको घोषणा गर्दै पहिलो झलक सार्वजनिक गरेका छन् । पोस्टमा उनी अनुहारमा मुस्कान र रंगीन लुंगी लगाएको स्वरूपमा छन् ।

यो रोमान्टिक–हरर ड्रामालाई निर्देशक मारुती दासरीले निर्देशन गर्नेछन् । प्रभासको ‘सलार’ हालै रिलिज भएको थियो । यो फिल्मले विश्वभर ६०० करोड भारुभन्दा बढी कमाइ गरेको छ । उनले आगामी फिल्म ‘कल्की २८९८ एडी’ मे ९ मा रिलिज हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved