एर्लिङ हालान्डलाई पछि पार्दै मेसी बने लगातार फिफा उत्कृष्ट वर्ष खेलाडी

नेपालभ्युज

एर्लिङ हालान्डलाई पछि पार्दै मेसी बने लगातार फिफा उत्कृष्ट वर्ष खेलाडी

काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबल खेलाडी लियोनल मेसीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड २०२३ जितेका छन् ।

लन्डनमा आज बिहान सम्पन्न समारोहमा कीर्तिमानी आठ पटकका बलोन डी ओर अवार्ड विजेता मेसीले फिफा अवार्ड पनि तेस्रो पटक जितेर कीर्तिमान कायम गरेका हुन् ।

यो अवार्डका लागि मेसीले नर्वेका एर्लिङ हालान्ड र फ्रान्सका केलियन एम्बाप्पेलाई पछि पारेका हुन् । मेसीले राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तानका साथै विश्वभरका खेल पत्रकार र समर्थकले गरेको मतका आधारमा यो अवार्ड जित्न सफल भए ।

मेसी र हालान्डले समान ४८ अंक प्राप्त गर्दा राष्ट्रिय टिमका कप्तानहरुको मतका आधारमा विजेता घोषणा गरिएको हो । केलियन एम्बाप्पेले भने ३५ अंक प्राप्त गरेका थिए ।

यसैगरी आइटाना बोनमाटी फिफाको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् ।

बोनमाटीले लिन्डा काइसेडो र जेनिफर हर्मोसोकोलाई पछि पारेकी हुन् । पुरुषतर्फ भने इडरसन २०२३ को उत्कृष्ट फिफा पुरुष गोलकिपर घोषित भएका छन् ।

म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला उत्कृष्ट फिफा पुरुष प्रशिक्षक २०२३ घोषित भएका छन् । यस्तै,ब्राजिलले फिफा फेयर प्ले अवार्ड हात पारेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved