प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि तीनवटा खेल हुँदै

नेपालभ्युज

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि तीनवटा खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि तीनवटा खेल हुँदैछन् ।

त्रिवि मैदानमा विहान सवा ९ बजे कोशी प्रदेश र नेपाल पुलिस क्लब भिड्दै छन् । त्यस्तै सवा ९ बजे नै मूलपानी क्रिक्रेट मैदानमा बाग्मती र मधेस प्रदेश खेल्दै छन् ।

रुपन्देहीको भैरहवामा विहान ९ बजे कर्णाली र सुदूरपश्चिम खेल्दै छन् ।

हिजो भएका तीन वटा खेलमा एपीएफ, आर्मी र सुदूरपश्चिम विजयी भएका थिए । प्रतियोगितामा एपीएफ लगातार दोस्रो खेल जित्दै ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । आर्मी २ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । सुदूरपश्चिम २ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved