प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमले लुम्बिनीलाई हरायो

नेपालभ्युज

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमले लुम्बिनीलाई हरायो

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा आज सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ।

भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा १५९ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले २९.३ ओभरमा ५ विकेट क्षतिमा पुरा गर्यो।

सुदूरपश्चिमका शेर मल्लले अविजित ४२ र नारायण जोशीले अविजित २८ रन बनाए। लुम्बिनीका अभिषेक गौतमले ३ तथा कृष्ण कार्की र अजय चौहानले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको लुम्बिनी ४८.४ ओभरमा १५८ रनमा अलआउट भएको थियो । लुम्बिनीका प्रज्वल थापाले ४२ र मोहम्मद हुसेनले २६ रन बनाए।

सुदूरपश्चिमका नारायण जोशीले ३, भोज राज भट्ट र नरेन साउदले २–२ तथा मिलन बोहराले १ विकेट लिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved