एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दै

नेपालभ्युज

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आज केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय महाधिवेशनको तयारीका बारेमा छलफल हुने सो पार्टीले जनाएको छ ।

प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठकमा आगामी जेठमा हुने राष्ट्रिय महाधिवेशनको तयारीका साथै पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल र समीक्षा गर्न बैठक बोलाइएको हो ।

आज बस्ने बैठकमा आसन्न राष्ट्रिय सभा निर्वाचनबारे रणनीति र कार्ययोजना बनाइने बताइएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा एकीकृत समाजवादीका २ सहित सत्ता गठबन्धनका १९ उम्मेदवार चुनावी मैदानमा छन् ।

महाधिवेशनमा जुटेको समाजवादीले यही माघ दोस्रो साता विधान अधिवेशन गर्दै छ । विधान संशोधन मस्यौदामाथि सुझाव संकलन गर्न मस्यौदाको ड्राफ्ट जिल्ला तहका कार्यकर्तालाई पठाइसकिएको नेता खतिवडाले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved