जनकपुरमा गाडी चोरी निकासीमा संलग्न गिरोह पक्राउ

नेपालभ्युज

जनकपुरमा गाडी चोरी निकासीमा संलग्न गिरोह पक्राउ

काठमाडौं । जनकपुरमा गाडी चोरी निकासीमा संलग्न गिरोहलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले भन्सार छलेर ल्याएको चार वटा गाडीसहित चोरी निकासीमा संलग्न जनकपुर जलेश्वरका मोख्तार अन्सारी र महोत्तरी लोहरपट्टीका जमजम भनिने अन्सारुल कवारीलाई आईतवार पक्राउ गरी सार्वजनिक गरेको हो ।

चोरी निकासी कार्यमा संलग्न अर्का १ जनाको भने खोजी भईरहेको पनि प्रहरी वरिष्ठ उपरीक्षक मित्रवन्धु शर्माले बताए । मोख्तारले भारतबाट गाडी चोरी निकासी गर्ने गरेको र अर्का जमजम भनिने कवारीले नेपालमा सो गाडी बेच्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको पनि प्रहरीले जनाएको छ ।

एसएसपी शर्माले भने, ‘चार वटा गाडीहरु सबैको नक्कली नम्बर राखिएको छ । यी नम्बरमा यी गाडीहरु छैनन् । यी गाडीहरु भन्सार चोरी निकासी गरी नेपाल ल्याइएको हो । नेपालमा यी गाडीहरु विभिन्न व्यक्तिहरुले प्रयोग गरेको हामीले सूचना पायौं ।’

पक्राउ परेका अभियुक्तलाई आवश्यक कानूनी कारबाही शुरु गरिएको पनि प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved