नारायणगढ–मुग्लिन र बुटवल–पाल्पा सडक आज र भोलि २४ सै घण्टा खुला

नेपालभ्युज

नारायणगढ–मुग्लिन र बुटवल–पाल्पा सडक आज र भोलि २४ सै घण्टा खुला

काठमाडौ । माघे सङ्क्रान्ति मनाउन जान यात्रा गर्नेहरूका लागि सुविधाका लागि केही ठाउँमा बन्द हुने गरेको सडक पनि खुल्ने भएको छ । केही घण्टा बन्द हुँदैआएको नारायणगढ–मुग्लिन र बुटवल–पाल्पा सडक आइतबार र सोमबार बन्द नहुने भएको हो ।

सोमबारको माघे सङ्क्रान्तिको लागि २४ सै घण्टा सडक खुला गरिन लागिएको हो । यसअघि सडक दैनिक चार घण्टा बन्द हुने र काम हुने गरेको थियो ।

सडकमा राति १० बजेदेखि बिहान ४ बजेसम्म अत्यावश्यक बाहेकका गाडी रोकेर काम हुँदै आएको छ ।

यसअघि आयोजनाले माघे सङ्क्रान्ति पर्वमा प्रसिद्ध धार्मिकस्थल देवघाटमा नुहाउन, दर्शन गर्न आउने भक्तजनहरूको सुविधाका लागि एक दिन सडक बन्द नगर्ने निर्णय गरेकोमा त्यसलाई परिमार्जन गरी सडक खुला गरिएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।

२ गतेबाट फेरि सडक दैनिक ४ घण्टा बन्द हुने छ । गएको पुस ७ गतेदेखि दैनिक ४ घण्टा सडक बन्द गरी काम थालिएकोमा थप तीन हप्ता बन्द गर्ने निर्णय भएको हो ।

बुटवल–पाल्पा सडक भने गएको १६ गतेदेखि एक सय दिनसम्मका लागि राति ६ घण्टा सडक बन्द गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved