झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु, आठ जना घाइते

नेपालभ्युज

झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु, आठ जना घाइते

काठमाडौं । झापामा भएका छुट्टाछुट्टै भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा ८ जना घाइते भएका छन् ।

शिवसताक्षी–१० सैनिक चौकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व जादै गरेको कार र विपरीत दिशामा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक दमकका २३ वर्षीय अनुप ढकालको मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार मोरङ, उर्लाबारीका २१ वर्षीय प्रदीप बस्नेत घाइते भएका छन् ।

कार चालक बिर्तामोडका ५० वर्षीय अनिलकुमार शाह, कारमा सवार ५३ वर्षीय जयप्रकाश शाह, ४४ वर्षीय रञ्जन शाह र सोही ठाउँका ५३ वर्षीय ललित शाह घाइते भएका छन् । घाइतेको उपचार भइरहेको छ ।

त्यस्तै कमल गाउँपालिका–४ चुलाचुली मोडमा स्कुटर र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा कनकाई–३ का ७० वर्षीय रघुनाथ भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५२ वर्षीय चन्द्रप्रसाद भट्टराई घाइते भएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved