बलिउडका यस्ता ‘सुपरस्टार’ जो स्क्रिप्ट नपढी गर्थे काम

नेपालभ्युज

बलिउडका यस्ता ‘सुपरस्टार’ जो स्क्रिप्ट नपढी गर्थे काम

एजेन्सी । बलिउडका अभिनेता गोविन्दा आफ्नो समयका एकदमै चर्चित अभिनेता तथा हिट फिल्म दिने कलाकार मध्ये एक हुन् । खासगरी ९० को दशकमा उनको एकदमै चर्चा थियो ।

उनी दिन रात शुटिंग गर्दथे । एक अन्तरवार्तामा उनले भनेका थिए कि उनले स्क्रिप्ट नै नपढीकन फिल्म साइन गर्दथे । उनको विचारमा काम पाइएको छ यो भन्दा अरु के चाहियो भन्ने खालको सोंचाई थियो ।

एक समयमा उनले एकसाथ ७५ वटा फिल्म साइन गरे । तर, पछि गएर दिलीप कुमारले भनेपछि उनले २५ वटा फिल्म छोडिदिएका थिए । त्यसपछि पनि उनले ४९ फिल्मको शुटिंग एकदमै व्यस्त समयमा गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved