बलिउडका ती फिल्म जो वर्षौंसम्म हलमा चले

नेपालभ्युज

बलिउडका ती फिल्म जो वर्षौंसम्म हलमा चले

एजेन्सी । बलिउडमा केही त्यस्ता फिल्म छन् जो सिनेमाघरमा वर्षौंसम्म चलिरहे । वर्षौंसम्म पनि ती फिल्मलाई दर्शकले त्यसरी नै रुचाएर हेरिरहे ।

आज हामी यहाँ त्यस्तै केही फिल्म बारेमा जान्नेछौं ।

अमिताभ बच्चन, जितेन्द्र र हेमा मालिनी अभिनित फिल्म ‘शोले’ त्यतिबेला एकदमै सुपरहिट भएको थियो । यो फिल्म मुम्बईको मिनर्वा थिएटरमा पाँच वर्ष भन्दा पनि अधिक चलेको थियो ।

त्यस्तै कलकत्ताको रक्सी सिनेमामा फिल्म ‘किस्मत’ करीब साढे तीन वर्षसम्म चलेको थियो ।

त्यस्तै अर्को फिल्म चलेको वर्ष थाहा पाएर तपाईं दंग पर्नुहुनेछ । त्यो हो शाहरुख खान र काजोलको फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ । यो फिल्म मुम्बई, भारतको मराठा मन्दिरमा २० वर्षभन्दा पनि धेरै चलेको थियो ।

त्यस्तै मराठा मन्दिरमा अर्को एउटा फिल्म पनि धेरै वर्ष चलेको थियो । चर्चित फिल्म ‘मुगल ए आजम’ सो हलमा १५ वर्ष भन्दा पनि धेरै वर्ष चलेको थियो ।

अर्को रहेको छ सलमान र माधुरीको फिल्म ‘हम आपके है कौन’ । यो फिल्म मुम्बईको लिबर्ट सिनेमामा पाँच वर्षभन्दा पनि धेरै समय चलेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved