शाहरुख खानले काम देउ भन्दै एक निर्देशकसँग गरे याचना

नेपालभ्युज

शाहरुख खानले काम देउ भन्दै एक निर्देशकसँग गरे याचना

एजेन्सी । बलिउड स्टार शाहरुख खानले सन् २०२३ मा सबैभन्दा धेरै व्यापार गर्ने फिल्म दिए । सुरुआत पठानबाट गरे र वर्षको अन्तिममा डंकी रिलीज भयो ।

यति सफलतापछि पनि शाहरुख खानलाई एक जना ठूला निर्देशकसँग काम गर्न याचना गर्नु परेको छ भन्दा अचम्म लाग्ला ।

शाहरुखले हालै एक कार्यक्रममा एक जना निर्देशकसँग कामबारे कुराकानी गरे । शाहरुखसँग उक्त कार्यक्रममा फिल्ममेकर मणिरत्नम थिए । जहाँ दुवैले एकअर्कासँग रमाइलो गरे ।

शाहरुखले मणिरत्नमसँग सन् १९९८ मा फिल्म ‘दिल से’ मा काम गरिसकेका छन् । तर, अब फेरि एकपटक शाहरुख उनीसँग काम गर्न चाहन्छन् । शाहरुखले आफू पछिल्लोपटक रेलमा चढेर छैँया छैँया गर्दै नाँचेको भन्दै अब त्यसरी नै प्लेनमा चढेर नाँच्ने बताए ।

उनले भने, “म तपाईंसँग याचना गर्छु कि एउटा फिल्म सँगै गर्न चाहन्छु । म कसम खान्छु, यसपटक म प्लेनमाथि छैँया छैँया गरेर नाँच्नेछु यदि तपाईंले भन्नुहुन्छ भने ।”

यसका साथै शाहरुखले मणिरत्नमकी श्रीमतीसँग पनि आग्रह गरे । यो आग्रहको जवाफमा मणिरत्नमले भने, यस्तो त्यतिबेला सम्भव हुनेछ जब शाहरुख खानले एउटा प्लेन खरिद गर्नेछन् ।’

शाहरुख यति सुनेर पनि रोकिएनन् । उनले आफ्ना हिट फिल्म जवान तथा पठान सम्झँदै जवाफ दिए, “मणि, मलाई भन्न देउ, जसरी मेरा फिल्म चलिरहेका छन् प्लेन खरिद गर्नु कुनै ठूलो कुरा होइन ।”

मणिरत्नमले पनि ठट्टा गर्दै भने, “तिमी चिन्ता नगर, म त्यो प्लेनलाई जमीनमा ल्याउनेछु ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved