अत्यधिक चिसोका कारण सिरहामा पठनपाठन बन्द हुँदै

नेपालभ्युज

अत्यधिक चिसोका कारण सिरहामा पठनपाठन बन्द हुँदै

सिरहा । विगत केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण सिरहाका सामुदायिक विद्यालयको पठनपाठन बन्द हुन थालेको छ ।

शीतलहरसहितको चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा असर परेकाले स्थानीय तहले विद्यालय बन्दको सूचना जारी गर्न थालेका छन् ।

गोलबजार नगरपालिकाले सूचना जारी गरी आजदेखि पठनपाठन बन्द गरिएको जनाएको छ । नगरपालिकाका शिक्षा शाखा अधिकृत सुबोधकुमार लामाका अनुसार बन्द विद्यालय आगामी माघ २ गतेदेखि खुल्ने छन् ।

त्यसैगरी लक्ष्मपुर पतारी गाउँपालिकाले पनि आजदेखि लागू हुने गरी सूचना जारी गर्दै यहाँका सामुदायिक विद्यालय एक हप्ताका लागि बन्द गरिएको जनाएको छ । त्यस्तै नरहा गाउँपालिकाले पनि सूचना जारी गर्दै बिद्यालय बन्द गरिएको जनाएको छ ।

पछिल्लो केही दिनयता बाक्लो हुस्सु र शीतलहरको कारण तापक्रम घटेपछि तराईको जनजीवन प्रभावित भएको छ । चिसोका कारण विद्यालय आउने विद्यार्थी सङ्ख्या पनि ह्वात्तै हटेको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved