एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले दिए सबै पदबाट राजीनामा

नेपालभ्युज

एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले दिए सबै पदबाट राजीनामा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टी छाडेका छन् । उनले पार्टीका सबै पदबाट राजीनामा दिएको फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।

राजीनामा पत्रमा उनले एकीकृत समाजवादी पार्टीको सदस्यता, केन्द्रीय सदस्य र लुम्बिनी प्रदेश कमिटीको सचिवको जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको उल्लेख गरेका छन् ।

नेता गुरुङको रुपन्देहीमा र विशेष गरी युवामाझ राम्रै प्रभाव थियो । उनले फेसबुकमा “जिवनमा..न त कहिल्यै चिरउरीको अपेक्षा नै गरें ! न त कहिल्यै कसैको चिरउरी नै गरें ! तसर्थ…” भन्दै राजीनामा पत्र सार्वजनिक गरेका छन् ।

गत स्थानीय चुनावमा उनी बुटवल उपमहानगरमा सत्ता गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार बनेका थिए । तर, पछि बैंङ्किङ कसुरको अभियोगमा उनको उम्मेदवारी खारेज भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved