तीन महिनापछि फेसबुकमा फर्किइन् नम्रता, लेख्छिन्– चिसोयामको गहिराइमा गर्मी पनि छ भन्ने थाहा पाएँ

नेपालभ्युज

तीन महिनापछि फेसबुकमा फर्किइन् नम्रता, लेख्छिन्– चिसोयामको गहिराइमा गर्मी पनि छ भन्ने थाहा पाएँ

काठमाडौं । अभिनेता सारुक ताम्राकारको आत्महत्या प्रकरणमा ‘आफ्नो मौनतालाई कमजोरी नठान्न’ आग्रह गरेको पोस्टपछि सञ्जालमा बेपत्ता भएकी अभिनेत्री नम्रता श्रेष्ठ फेरि फर्किएकी छिन् । त्यसपछि उनले दशैँमा एउटा पोस्ट गरेपछि सञ्जालबाट हराएकी थिइन् ।

तीन महिनाको अन्तरालपछि सोमबार बेलुका उनले ताजा तस्वीरसहित अर्थपूर्ण अभिव्यक्ति पोस्ट गरेकी छन् । फ्रान्सेली दार्शनिक तथा लेखक अल्बर्ट क्यामुको उद्धरणसहित उनले फोटो सेयर गरेकी छन् ।

‘चिसो मौसमको गहिराइमा मैले थाहा पाएँ कि त्यहाँभित्र एक बलियो गर्मीयाम पनि छ’ नम्रताले लेखेकी छन् । जुन पोष्टले उनको ‘मुड’ दर्शाउँछ ।

उनले छनोट गरेको यो उद्धरणले यी अभिनेत्रीले पछिल्लो समय के सोचिरहेकी छिन् भन्ने दर्शाउँछ ।

फोटोमा नम्रता जिन्सको आउटरमा आकर्षक देखिएकी छिन् । फोटोको पृष्ठभूमिमा कुनै ताल देखिन्छ । उनले हालैको घुमघामको फोटो सेयर गरेको अनुमान गरिएको छ ।

नम्रताले पछिल्लोपटक १५ अक्टोबरमा दशैं घटस्थापनाको शुभकामना पोस्ट गरेकी थिइन् । अन्तरालपछिको पोस्टमा फ्यानले प्रतिक्रिया जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved