रकम हिनामिना गरी फरार रहेका सहकारी अध्यक्ष पक्राउ

नेपालभ्युज

रकम हिनामिना गरी फरार रहेका सहकारी अध्यक्ष पक्राउ

काठमाडौं । सहकारीको रकम हिनामिना गरेको आरोपमा फरार रहेका रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हर्कबहादुर कठायत  पक्राउ परेका छन् । उनीसँगै सहकारीका सदस्य विनोद कुमार ओझा पनि पक्राउ परेका छन् ।

३१ वर्षीय कठायत डोटीका हुन् भने ३५ वर्षीय ओझा भने काभ्रे निवासी हुन् । उक्त सहकारीको केन्द्रीय कार्यालय काठमाडौंको तीनकुनेमा रहेको छ । बचतकर्ताहरूको हालसम्म प्राप्त जाहेरी अनुसार १२ करोड ३५ लाख ४८ हजार २ सय २ रुपैयाँ बयानब्बे पैसा बचत रकम अपचलन तथा हिनामिना भएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

जोरपाटी र भक्तपुर जिल्ला भित्रका सहकारीका शाखा कार्यालयहरूका सञ्चालक समितिका सदस्यहरूले निक्षेपकर्ताहरुलाई आकर्षक ब्याजदर दिन्छु भनी प्रलोभन देखाई ठगी गरेको आरोप छ ।

बचतकर्ताहरुले लामो समयदेखि ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध नगराइ उनीहरूले संस्था नै बन्द गरेका थिए ।  पुस १८ गते पक्राउ परेका उनिहरुमाथी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved