पाँच वर्ष साना ब्वायफ्रेन्ड, यी अभिनेत्रीलाई विवाहमा छैन विश्वास

नेपालभ्युज

पाँच वर्ष साना ब्वायफ्रेन्ड, यी अभिनेत्रीलाई विवाहमा छैन विश्वास

एजेन्सी । बलिउड अभिनेत्री जरीन खानलाई त धेरैले चिनेकै छन् । सलमान खानसँग फिल्म ‘वीर’ बाट उनले बलिउडमा डेब्यु गरेकी थिइन् । कैटरीना कैफ जस्तै देखिने अभिनेत्रीका रुपमा चिनिएकी उनको एकदमै ट्रोल पनि भएको थियो ।

अहिले फिल्म जगतबाट टाढा रहेकी जरिना सामाजिक सञ्जाल तथा अन्तरवार्ताहरुमा देखिने गर्छिन् र चर्चामा पनि आउँछिन् । ३६ वर्ष काटेकी जरीन अहिले ३१ वर्षीय अभिनेता शिवाशीष मिश्रासँग सम्बन्धमा छन् । तर, उनीहरुले यो सम्बन्ध सार्वजनिक भने गरेका छैनन् ।

हालै एक अन्तरवार्तामा जरीनले भनेकी छन् उनलाई विवाहमा विश्वास छैन । दुई व्यक्ति सँगै बस्नका लागि कुनै बन्धन वा कागजको आवश्यकता नपर्ने उनको भनाई छ । यसो भनेर उनले विवाह गर्नेहरुलाई नराम्रो पनि भन्न चाहिनन् । तर, उनले आफूलाई भने विवाहमा कुनै विश्वास नरहेको बताइन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved