झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु, तीनजना घाइते

नेपालभ्युज

झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु, तीनजना घाइते

काठमाडौं । झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

भद्रपुर नगरपालिका–४ स्थित झिलिमिली पुल नजिकै मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।

पुलको साइडको पिलरमा ठोक्किँदा मोटरसाइकलमा सवार २८ वर्षीय लेखनाथ दाहालको मृत्यु भएको हो । चालक कचनकवल–२, सुकुनाडिकीका ३१ वर्षीय धनपति पाठकको उपचार भइरहेको छ ।

 

त्यस्तै, बिर्तामोड नगरपालिका–२ स्थित चारपाने चोकमा हिजो साँझ बस र मोटरसाइकल ठोक्किँदा अर्का एकजनाको मृत्यु भएको हो । सोही दुर्घटनामा अन्य दुईजना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक कनकाई नगरपालिका–८ का ४४ वर्षीय तोयनाथ उप्रेतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीनजना सवार मोटरसाइकलमा पछाडि बसेका कनकाई–५ का ५९ वर्षीय रविरत्न सिटौला र बाह्रदशी गाउँपालिका–७ का सागर माझी घाइते भएका छन् । उनीहरू दुवैको उपचार भइरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved