फिल्म ‘गाउँ नै रमाइलो’मा मिरुना मगर र बुद्धि तामाङ अनुबन्धित

नेपालभ्युज

फिल्म ‘गाउँ नै रमाइलो’मा मिरुना मगर र बुद्धि तामाङ अनुबन्धित

काठमाडौं ।  हिमाल कडरियाले बनाउने र दिनेश राउतले निर्देशन गर्ने फिल्म ‘गाउँ नै रमाइलो’को लिड लेडीमा अभिनेत्री मिरुना मगर अनुबन्धित भएकी छन् । फिल्ममा बुद्धि तामाङ पनि जोडिएका छन् ।

निर्देशक राउतले यी दुवै कलाकारसँग लिखित सहमति भएको जानकारी दिए ।

यसअघि यो फिल्ममा दयाहाङ राई र आर्यन सिग्देल अनुबन्धित भैसकेका छन् । फिल्ममा मिरुनाले यी दुईमध्ये अभिनेतामध्ये कोसँग अनस्क्रिन रोमान्स गर्नेछिन् भन्नेबारे निर्माताले केही बताएका छैनन् ।

कडरियाले बनाएको फिल्म ‘नाङ्गो गाउँ’ यो बर्षको हिट फिल्म हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved