सर्लाहीको बरहथवामा भोलिसम्म निषेधाज्ञा

नेपालभ्युज

सर्लाहीको बरहथवामा भोलिसम्म निषेधाज्ञा

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिकामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

शुक्रबार प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएपछि लगाइएको कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार बेलुका साढे ५ बजेदेखि आज बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको थियो ।

कर्फ्यू आदेश हटाएर निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा भोलि बिहान ८ बजेसम्मका लागि जारी गरिएकोे छ ।

जारी सूचनामा भनिएको छ, ‘सम्भावित जोखिमलाई मध्यनजर गर्दै भोलि  बिहान ८ बजेसम्म कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी निषेधाज्ञा आदेश जारी गरिएको छ ।’

सर्लाहीको बहरथवा नगर अस्पताललाई प्रदेशमातहत राख्न माग गर्दै प्रदर्शन भएको हो । पाँच राजनीतिक दलका नेता, कार्यकर्ताले नगरपालिका कार्यालयमा ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved