बच्चाको पर्खाइमा ३७ वर्षकी दीपिका

नेपालभ्युज

बच्चाको पर्खाइमा ३७ वर्षकी दीपिका

एजेन्सी । अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंह बलिउडका शक्तिशाली जोडी मध्येमा पर्छ । दीपिका र रणवीरको विवाह सन् २०१८ मा भएको थियो । यिनीहरुको विवाह भएको पाँच वर्ष बितिसकेको छ । यस्तोमा उनीहरुको जीवनमा नयाँ सानो पाहुना आउने पर्खाइ छ ।

सिंगापुरमा हालै दिएको एक अन्तरवार्तामा पहिलोपटक दीपिकाले बच्चाबारे खुलेर कुराकानी गरिन् । उनले भनिन्, “रणवीर र मलाई बच्चा एकदमै मन पर्छ । हामी त्यो दिनको पर्खाइमा छौं जब हामी आफ्नो परिवार सुरु गर्नेछौं ।”

बच्चाकै विषयमा दिपिकाले थप भनिन्, “जब म ती व्यक्तिहरुसँग भेट्छु जोसँग म हुर्किएँ, जस्तै मेरी काकी, काका तथा परिवारका सदस्य, उहाँहरुले भन्नुहुन्छ म कति पनि परिवर्तन भएकी छैन ।”

उनी यही कुरा सधैं भइरहोस् भन्ने चाहन्छिन् । साथमा उनले आफू कलाकार, अभिनेत्री भन्दा पहिला कसैको छोरी तथा बहिनी भएको बताइन् । उनले थपिन्, “मेरो परिवारले मलाई जमिनसँग जोडेर राख्छ । रणवीर र मैले पनि हाम्रो बच्चालाई यही सिकाएर ठूलो बनाउनेछौं ।”

दीपिकाको कुरा अनुसार यही बुझ्न सकिन्छ कि उनी छिटै आमा बन्न सक्छिन् ।

कामको कुरा गर्ने हो भने अघिल्लो वर्ष दीपिकाले शाहरुखसँग ‘जवान’ र ‘पठान’ जस्तो फिल्ममा काम गरेकी थिइन् । अब उनी ऋतिक रोशनसँग ‘फाइटर’ मा आउँदैछन् । फिल्म यही २५ जनवरीमा रिलीज हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved