जसपाले गर्‍यो लेखा परीक्षण प्रतिवेदन सार्वजनिक

नेपालभ्युज

जसपाले गर्‍यो लेखा परीक्षण प्रतिवेदन सार्वजनिक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार निर्वाचन आयोगमा आर्थिक वर्ष २०७९/८० को आर्थिक प्रतिवेदन पेस गरेसँगै पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले सामाजिक सञ्जालमार्फत सो प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

आसन्न राष्ट्रिय सभाको निर्वाचनलाई मध्यनजर गर्दै आयोगले राजनीतिक दलहरुलाई पुस मसान्तभित्र आर्थिक प्रतिवेदन आयोगमा बुझाउन र सञ्चारमाध्यमहरुमार्फत सार्वजनिक गर्न समय सीमा तोकेको थियो ।

सोहीबमोजिम जसपाले आयोगले तोकेको समयावधिमै लेखा परीक्षण प्रतिवेदन बुझाउने र सार्वजनिक गर्ने गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved