एमाले सचिवालय बैठक : सरकारले भारतसँग गरेको सम्झौताप्रति आपत्ति, केन्द्रीय सदस्यमा ६ जना मनोनीत

राष्ट्रियसभा निर्वाचनमा १९ सिटमै उम्मेदवारी दिने

नेपालभ्युज

एमाले सचिवालय बैठक : सरकारले भारतसँग गरेको सम्झौताप्रति आपत्ति, केन्द्रीय सदस्यमा ६ जना मनोनीत
फाइल फोटो

काठमाडौं । नेकपा एमालेले सरकारले भारतसँग ‘अपारदर्शी सम्झौता’ गरेको भन्दै आपत्ति जनाएको छ । एमालेले आफूहरुसँग कुनै सल्लाह नगरी दूरगामी महत्वका ‘अपारदर्शी सम्झौता’ गरेको भन्दै आपत्ति जनाएको हो ।

शुक्रबार बसेको एमाले सचिवाल बैठकले भारतलाई नेपालमा सीधै खर्च गर्न दिने रकमको सीमा २० करोड पुर्‍याइएकोमा असन्तुष्टि व्यक्त गरेको हो ।

‘दुई देशको संयुक्त आयोगको बैठकमा के के छलफल र सम्झौता भए भन्नेमा प्रतिपक्षसँग परामर्श नगरिएकोप्रति बैठकले गम्भीर चिन्ता प्रकट गरेको छ’, बैठकका निर्णयबारे जनकारी दिँदै एमाले महासचिव शंकर पोखरेलले, ‘राष्ट्रियताका प्रश्नमा सत्ताले प्रतिपक्षलाई विश्वासमा लिएर मात्रै काम गर्नुपर्थ्यो, तर त्यस्तो भएन । यसप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्ष भएको छ ।’

त्यस्तै बैठकले ६ जनालाई पार्टी केन्द्रीय सदस्यमा मनोनित गरेको छ । बैठकले कोशीका तुलसीप्रसाद न्यौपाने, वागमतीका केशवराज पाण्डे, कर्णालीका विनोद शाह, सुदूरपश्चिमका दामोदर भण्डारी, मधेस रामअवतार यादव र झापाका दिपक कार्कीलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको पोखरेलले जानकारी दिए ।

त्यस्तै एमालेले राष्ट्रिय सभा निर्वाचनमा १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved