बरहथवा अपडेट : मृतकको पहिचान खुल्यो, ६ प्रहरी घाइते

नेपालभ्युज

बरहथवा अपडेट : मृतकको पहिचान खुल्यो, ६ प्रहरी घाइते

काठमाडौं । सर्लाहीको बरहथवामा भएको प्रदर्शनमा मृत्यु भएका युवाको पहिचान खुलेको छ । मृत्यु हुनेमा प्रहरीको गोली लागेर बरहथवा नगरपालिका- ६ का ३० वर्षीय जयशंकर साह रहेका छन् ।

बरहथवा नगरपालिका-५ विद्युत प्राधिकरण बरहथवा वितरण केन्द्र कार्यालय अगाडि उनलाई गोली लागेको हो । उनको टाउकोमा गोली लागेको प्रदर्शनकारीले बताएका छन् ।

शव प्रदर्शनकारीकै नियन्त्रणमा छ । प्रहरीले प्रदर्शनकारीको भीड नियन्त्रण लिन हवाई फायर तथा अश्रुग्यास प्रहर गरेको थियो ।

स्थानीय प्रशासनले प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ६ जना प्रहरी घाइतेसमेत भएको दाबी गरेको छ ।

सर्लाहीको बहरथवा नगर अस्पताललाई प्रदेशमातहत राख्न माग गर्दै प्रदर्शन भएको हो।

पाँच राजनीतिक दलका नेता, कार्यकर्ताले नगरपालिका कार्यालयमा ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved