एमालेको सचिवालय बैठक सुरु, राष्ट्रियसभा उम्मेदवारबारे निर्णय हुने

नेपालभ्युज

एमालेको सचिवालय बैठक सुरु, राष्ट्रियसभा उम्मेदवारबारे निर्णय हुने
फाइल फोटो

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छान्न नेकपा एमालेको सचिवालय बैठक बसेको छ । बैठक एमाले पार्टी कार्यालय च्यासलमा सुरु भएको हो ।

यसअघि एमालेले सबै प्रदेशलाई उम्मेदवार सिफारिस गरेर पठाउन भनेको थियो । केन्द्रको निर्देशनअनुसार प्रदेशले सिफारिस गरेर पठाएका नामहरुबारे छलफल गरेर एमालेले उम्मेदवार बनाउने जनाएको छ । एमालेले सत्ता गठबन्धनसँग पनि राष्ट्रिय सभा सदस्य निर्वाचनमा तालमेल गर्नेगरी छलफल गरिरहेको छ ।

आगामी फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसद बिदा हुँदैछन् । रिक्त हुने पदका लागि माघ ११ गते चुनाव हुँदै छ । त्यसका लागि निर्वाचन आयोगकले पुस २३ गते मनोनयनको समय तोकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved