भारतसँगको विद्युत व्यापार सम्झौता सकारात्मक : अध्यक्ष थापा

नेपालभ्युज

भारतसँगको विद्युत व्यापार सम्झौता सकारात्मक : अध्यक्ष थापा

सुर्खेत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतसँगको विद्युत् व्यापार सम्झौता सकारात्मक भएको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भारतीय विदेशमन्त्री डा. एस जयशंकर नेपालमा आएर भएको १० हजार मेगावाट विद्युत व्यापार सम्झौता सकारात्मक भएको बताएका हुन् ।

भारतीय बजारमा नेपाली विद्युतको पहुँच हुनु राम्रो भएको थापाले बताए । ‘विगतमा आफूले लगानी गरेको विद्युत आयोजनाबाट मात्र लिनेमा अहिले अन्य लगानीबाट उत्पादन भएको विद्युत भारतीय बजारमा लैजाने सम्झौता प्रंशसनीय छ।’ उनले भने,‘नेपालले भारतसँग विद्युत व्यापार गरेर फाइदा लिनुपर्छ ।’

भारतले नेपालका योजनाहरुमा राजदूतावासमार्फत सिधा २० करोडसम्म खर्च गर्ने प्रावधानले राष्ट्रियता कमजोर हुने उनको भनाइ छ । ‘विगतमा ५ करोडसम्म आयोजनाहरुमा सिधा खर्च गर्दै आएको भारतिय दुतावासले अहिले २० करोड सिधा खर्च गर्नुले नेपालमा समानान्तर सरकार चलाएजस्तो भएको छ ।’ उनले भने, ‘सिधा लगानी हेर्दा नेपालमा भारतले समानान्तर सरकार चलाएको झझल्को दिएको छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved