एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै, राष्ट्रियसभा उम्मेद्वारलाई टिकट दिने तयारी

नेपालभ्युज

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै, राष्ट्रियसभा उम्मेद्वारलाई टिकट दिने तयारी

काठमाडौं । नेकपा एमालेले आज केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । दिउसो १ बजेकालागि बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा

बैठकमा राष्ट्रियसभा निर्वाचन लगायत समसामयिक विषयमा छलफल गर्ने एजेण्डा तय गरिएका छन् । एमालेले राष्ट्यिसभा सदस्य निर्वाचनका लागि प्रदेश कमिटीलाई उम्मेदवार सिफारिस गरेर पठाउन निर्देशन दिएको थियो ।

प्रदेशले सिफारिस गरेर पठाएका उम्मेदवारबारे आजको बैठकले टुंगो लगाउने नेता गौतमले बताए । नेकपा एमालेले आफ्नो जित सुनिश्चित नभएपनि आक्रामक रणनीति तयार गर्ने बताएको छ ।

पहिलो योजना अन्तर्गत गठबन्धनभित्र सहमतिबाट केही सिट लिने त्यो नभए कांग्रेस वा माओवादीसँग मिल्ने, त्यो पनि नभए एक्लै चुनाव लड्ने उसको रणनीति छ । त्यसका लागि एमालेले विभिन्न दल र तिनका नेताहरुसँग छलफल जारी राखेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved