शेखर कोइरालाको टिप्पणी– गठबन्धनलाई काण्डबाट बच्न एमालेको साथ चाहिएको छ

नेपालभ्युज

शेखर कोइरालाको टिप्पणी– गठबन्धनलाई काण्डबाट बच्न एमालेको साथ चाहिएको छ

काठमाडौं । कांग्रेस इतर पक्षको नेतृत्व गरिरहेका नेता डा शेखर कोइरालाले वर्तमान सत्ता गठबन्धनलाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएकोले राष्ट्रियसभामा भागबन्डा गर्न लागेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभामा नेकपा एमालेलाई पनि समेट्नुपर्ने प्रस्ताव गठबन्धनमा गरेपछि कोइराला आक्रोशित भएका हुन् ।

कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा गठबन्धन नै धरापमा पर्‍यो भनेर रोइलो गर्नेहरू अहिले एमालेसँग मिल्न थालेको उनको आरोप छ ।

फेसबुकमा लेख्दै कोइरालाले भनेका छन्, ‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा प¥यो भनेर रोइलो गर्नेहरू नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन् ।’

यसको कारण स्पष्ट भएको उनको भनाइ छ । सत्ता गठबन्धनका कुनै दललाई टिआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको कोइरालाले लेखेका छन् ।

उनी अगाडि लेख्छन्, ‘कारण स्पष्ट छः सत्ता गठबन्धनका कुनै दललाई टिआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । अनि एमाले ?’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved