मुलुक जोगाउन एमाले बलियो हुनुपर्छः महासचिव पोखरेल

नेपालभ्युज

मुलुक जोगाउन एमाले बलियो हुनुपर्छः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकलाई जोगाउन एमाले बलियो राष्ट्रिय पार्टीकारुपमा स्थापित हुन जरुरी रहेको बताएका छन् ।

राष्ट्रिय अपाङ्गता सङ्गठन नेपालको १६औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रम उनले मुलुकको आवश्यकताका हिसाबले एमालेको सामर्थ्य कमजोर रहेको बताएका हुन् ।

एमालेलाई राष्ट्रिय आवश्यकता पूरा गर्नसक्ने बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न जरुरी भएको उनको तर्क थियो ।

देशलाई आर्थिक समस्याबाट मुक्त गर्नेजस्ता चुनौतीबाट बाहिर निकाल्ने सङ्कल्पकासाथ पार्टी लाग्नुपर्नेमा उनले जोड दिए ।

महासचिव पोखरेलले सबैको प्रयासले एमाले अहिलेको ठाउँमा उभिन सफल भएको भन्दै उनले त्यसमा सन्तुष्ट भएर बस्न नहुने बताए ।

उनले पार्टीको सङ्गठनको दायरा फराकिलो बनाउन लागिरहेको भन्दै सबै समुदायलाई सङ्गठति गरेर पार्टीसँग जोड्नुपर्ने बताए ।

महासचिव पोखरेलले अपाङ्गताका नाममा भएका सामाजिक विभेद र उपेक्षालाई राज्यको कानुन र संरचनागत प्रबन्धद्वारा हटाउनुपर्ने बताए । उनले अपाङ्गता भएकाहरुको सम्मान गर्नुपर्नेमा जोड दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved