सुदूरपश्चिम प्रदेश सभाको एक वर्ष पूरा, सरकार कुहिरो काग जस्तै भएको एमालेको एमालेको आरोप

नेपालभ्युज

सुदूरपश्चिम प्रदेश सभाको एक वर्ष पूरा, सरकार कुहिरो काग जस्तै भएको एमालेको एमालेको आरोप

धनगढी । सुदूरपश्चिम सरकारका कारण सुदूरपश्चिम प्रदेश सभाको काम सुस्त भएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आरोप लगाएको छ । प्रदेश सभाको एक वर्ष पूरा भएको अवसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले प्रदेश सरकारप्रति खरो टिप्पणी गरेका हुन् ।

गठबन्धनको सरकार बहुमतको धङधङीमा रहेको भन्दै कानुन निर्माणमा चासो नदिएको र निर्माण भएका कानुनहरूको कार्यान्वयनमा पनि मौन रहेको उनले आरोप लगाए । उनले पुराना कानुन संशोधन गर्नुपर्ने अवस्थामा पनि सरकारले चासो नदिएको बताए ।

‘जनताको अधिकार सुनिश्चित गर्न सकेको छैन । व्यक्तिलाई विधिभन्दा माथि राखेको छ । सरकार जनताका विषयमा मौन छ’, रावलले भने । सरुवाको नाममा सरकारले कर्मचारीहरूलाई त्रसित गराएको समेत उनको आरोप थियो ।

यस्तै एमालेकै सांसद धर्मराज पाठकले पनि सरकार गैरजिम्मेवार भएको टिप्पणी गरे । अहिलेको सरकार कुहिरोमा हराएको काग जस्तो भएको पाठकको भनाइ थियो । नीति तथा कार्यक्रम एउटा ल्याएर बजेट अर्को ल्याउने र अहिले त्यही बजेट पनि कार्यान्वयन हुन नसक्ने अवस्था आएको उनको भनाइ छ ।

‘संसदीय समितिका सभापति चयन हुन सकेका छैनन् । सरकारले बिजनेस दिन सकेको छैन’ उनले भने ‘प्रदेश सभामा सरकारले भोटे ताल्चा लगाएको छ । सरकारको अकर्मण्यता कारण प्रदेश सभा पनि सुस्त भएको छ ।

कानुन निर्माणमा सुस्त रहेको सुदूरपश्चिम प्रदेशमा सेवा सुविधामा भने पहिलो एक वर्षमै ८ करोड बढी खर्च भएको पाइएको छ । प्रदेश सभा सदस्यहरूको सेवा पारिश्रमिकमै सबै भन्दा ठुलो रकम प्रदेश सभाले दिइरहेको छ । एक वर्षमा २ करोड ९० लाख भन्दा बढी प्रदेश सभा सदस्यहरूले पारिश्रमिक बुझेका छन् ।

प्रदेश सभा सदस्यका स्वकीय सचिवले यो एक वर्षमा झन्डै २ करोड पारिश्रमिक बुझेको देखिन्छ । औषधी खर्च, पदाधिकारी बैठक भत्ता, पदाधिकारीको अन्य सुविधा, पदाधिकारीको अन्य भत्ता, पानी तथा बिजुली, सञ्चार महसुल, इन्धन, सवारी साधन मर्मत, बिमा तथा नवीकरण खर्च पुस्तक तथा सामग्री खर्च, कार्यक्रम खर्च, अनुगमन मूल्याङ्कन खर्च, सुविधा बापतको पनि करोडौँ रकम खर्च भएको सुदूरपश्चिम प्रदेशका सुचना अधिकारी युवराज जैसीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved