डिभोर्सको चर्चाबीच नीताले पोस्ट गरिन् बिपना र उनका पतिको फोटो

नेपालभ्युज

डिभोर्सको चर्चाबीच नीताले पोस्ट गरिन् बिपना र उनका पतिको फोटो

काठमाडौं । पुस पहिलो साता अभिनेत्री बिपना थापा र श्रीमान् आशुतोष भारद्वाजको डिभोर्सको हल्ला चल्यो ।

त्यो पनि अरू कोही नभई आशुतोषकै फेसबुक पोस्ट थियो । त्यसको केहीबेरमै सो स्ट्याटस गायब भयो । त्यतिन्जेल सामाजिक सञ्जाल र मिडियामा डिभोर्सको हल्ला फैलिसकेको थियो ।

तर, आशुतोषले उक्त स्ट्याटस फेसबुक ह्याक भएर पोस्ट गरिएको भन्दै दाबी गरे । बिपनाले पनि गलत रहेको भन्दै खण्डन गरिन् । फ्यानहरू चिन्तित बनेका थिए, बिपनाले आफू श्रीमानसँग अलग भएको कुरा गलत भएको बताएपछि फ्यानले राहतको सास फेरे ।

यतिबेला अर्की अभिनेत्री नीता ढुङ्गानाले बिपना र उनका पतिको फोटो पोस्ट गरेकी छिन् ।

निताले निर्माण गरिरहेको फिल्म ‘ह्रस्वदीर्घ’मा काम गरिरहेकी छिन् बिपना । १३ वर्षपछि बिपना यो फिल्मबाट अभिनयमा कमब्याक गर्दैछिन् ।

उनले लेखेकी छिन्, ‘‘बिहान दिदी र भिनाजुसँग । सबै जनालाई शुभ प्रभात ।’ सम्बन्ध विच्छेदको हल्लाबीच नीताले बिपना र आशुतोषसँगको युगल तस्वीर सेयर गर्नुलाई अर्थपूर्ण मानिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved