भुसको थुप्रोमा हराएको सियो भेटिएला तर गृहमन्त्रीमा नैतिकता भेटिएन : रवि लामिछाने

नेपालभ्युज

भुसको थुप्रोमा हराएको सियो भेटिएला तर गृहमन्त्रीमा नैतिकता भेटिएन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गृहमन्त्रीमा एकचिम्टि पनि नैतिकता नभएको टिप्पणी गरेका छन् । खासगरी बालकुमारीमा प्रहरीको गोलीबाट दुई युवको मृत्यु भएको विषयमा गृहमन्त्रीमाथि खनिएका लामिछानेले यस्तो टिप्प्णी गरेका हुन् ।

गृहमन्त्री अझै मन्त्रीको गाडी पहिले जलेको हो कि गोली पहिला चलेको भन्नेमा कम्फ्यूज भएको भन्दै उनले भने– तपाईंहरू अहिलेसम्म गोली कतिबेला चलेको भन्नेमा स्पष्ट हुनुहुन्न । मन्त्रीज्यू निस्केपछि गोली चलेको कि पहिला चलेको तपाईंहरूले गोलमोटल जवाफ दिनुभएको छ । नैतिकताको कुरा यहाँ नगरौं । भुसको थुप्रोमुनि हराएको सियो भेटिएला । समुन्द्रमा हराएको टाइटानीक भेटिएला । तपाईंहरूलाई नैतिकता खोज्ने दुस्साहस गर्दिनँ ।’

सोमबार सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले बालकुमारी घटना राज्यको सिलसिलेदार अराजकता भएको पनि टिप्पणी गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved