‘धोती दिवस’ मनाइरहेका सिके राउतसँगै जनमतका दर्जनौं कार्यकर्ता पक्राउ (तस्वीरहरू)

निषेधित क्षेत्र बबबरमहल निस्केर माइतीघर जाने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

‘धोती दिवस’ मनाइरहेका सिके राउतसँगै जनमतका दर्जनौं कार्यकर्ता पक्राउ (तस्वीरहरू)

काठमाडौं । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले जनमत पार्टीका अध्यक्ष तथा संघीय सांसद सिके राउतसहित दुई दर्जनभन्दा बढीलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई प्रहरीले बबरमहल–माइतीघर क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

विद्यार्थी जनमत संघले आज कला परिषद्संगै आयोजना गरेको ‘धोती दिवस’ कार्यक्रममा सिके राउत आएसंगै उनीहरुले निषेधित क्षेत्र तोडेका हुन्। निषेधित क्षेत्र बबबरमहल निस्केर माइतीघर जाने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

कार्यक्रममा सामान्य प्रशासनमन्त्री अनिता देवीको पनि सहभागिता थियो। तर मन्त्रीदेवी भने निषेधित क्षेत्रमा गइनन्। माइतीघर मण्डला क्षेत्रबाट अध्यक्ष राउत सहित ५१ जना पक्राउ परेको जनमतका नेता बुद्धिराज न्यौपानेले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved