हेटौंडा जोड्ने फाखेल– फर्पिङ सडकखण्ड आजदेखि दुई महिना बन्द

नेपालभ्युज

हेटौंडा जोड्ने फाखेल– फर्पिङ सडकखण्ड आजदेखि दुई महिना बन्द

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तर्गत पर्ने मातातीर्थ र फाखेल–फर्पिङ सडकखण्डको स्तरोन्नति गर्नुपर्ने भएकाले आजदेखि सो खण्ड दुई महिना बन्द हुने भएको छ ।

कुलेखानी–हुमाने–फाखेलखण्ड र हुमाने–मातातीर्थ हुँदै काठमाडौंको टेकु जोड्ने सडक निर्माण र स्तरोन्नति गर्नुपर्ने भएकाले आजदेखि फागुन १५ गतेसम्म यातायात आवागमन पूर्णरुपमा बन्द गरिएको हो ।

सो सडक खण्ड बन्द भएपछि वैकल्पिक मार्गका रुपमा हेटौंडा–भीमफेदी हुँदै कुलेखानीबाट इन्द्रसरोवरको सिस्नेरी–दक्षिणकाली तथा कुलेखानीको कलंकी हुँदै मार्खु र चित्लाङको बाटो भएर काठमाडौंको थानकोट जाने बाटो तय गरिएको छ ।

वैकल्पिक मार्गका रूपमा हेटौंडाबाट काठमाडौं आउने हलुका सवारीसाधन सोही बैकल्पिक मार्गबाट गुड्न थालेका छन् ।

वैकल्पिक सडकका रूपमा काठमाडौंको चापागाउँ हुँदै कान्ति लोकपथबाट पनि हेटौंडा पुग्न सकिने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved