गठबन्धनभित्र प्रधानमन्त्रीको विकल्प खोजिएको छैन : कांग्रेस

पार्टीको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गठबन्धन रहँदासम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै प्रधानमन्त्री हुने बताएका हुन् ।

नेपालभ्युज

गठबन्धनभित्र प्रधानमन्त्रीको विकल्प खोजिएको छैन : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले अहिले गठबन्धनभित्र प्रधानमन्त्रीको विकल्पबारे खोजी नभएको जनाएको छ ।

पार्टीको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गठबन्धन रहँदासम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै प्रधानमन्त्री हुने बताएका हुन् ।

गठबन्धनभित्र माओवादी अध्यक्ष प्रचण्डपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने चर्चा चलिरहेका बेला कांग्रेसले नै यस्तो निर्णय गरेको हो ।

कांग्रेसले संघीयतासँग सम्बन्धित कानूनहरु तत्काल निर्माण गर्न सरकारसँग माग गरेको छ ।

त्यस्तै कांग्रेसले आसन्न राष्ट्रियसभा निर्वाचनमा गठबन्धनबाट साझा उम्मेदवार बनाउन पहल गर्ने पनि निर्णय गरेको छ ।

उनले यसअघि अवसर नपाएका र अरु जिम्मेवार भूमिकामा नभएकाहरुलाई पार्टीको तर्फबाट राष्ट्रियसभामा अघि सार्ने निर्णय भएको बताए ।

उनका अनुसार बैठकले संक्रमणकालीन न्यायसम्बन्धी मुद्दालाई राजनीतिक सहमतिकै आधारमा टुंग्याउनुपर्नेमा जोड दिएको छ ।

त्यस्तै कांग्रेसले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक समिति बनाउन माग गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved