बालकुमारी घटना : छानबिन समितिमाथि नै मृतकका आफन्तको शंका, माग पूरा नभएसम्म शव नबुझ्ने

बेग्लै छानबिन समिति गठन गर्नुपर्ने, मृतकका आफन्तका लागि रोजगारीको ग्यारेन्टी गरिनुपर्नेलगायत विभिन्न ८ वटा माग राखेर मृतकका आफन्त आन्दोलित भएका छन् । उनीहरुले आफूहरुको माग पूरा नभएसम्म मृतकद्वयको शव नबुझ्ने पनि बताएका छन् ।

नेपालभ्युज

बालकुमारी घटना : छानबिन समितिमाथि नै मृतकका आफन्तको शंका, माग पूरा नभएसम्म शव नबुझ्ने

काठमाडौं । शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट मारिएका दुई युवाका आफन्तले उक्त घटना छानबिनका लागि सरकारले बनाएको समितिप्रति नै शंका व्यक्त गरेको छ । जुन निकायले चलाएको गोली लागेर युवकद्वयको मृत्यु भयो, त्यही निकायको नेतृत्वमा छानबिन समिति बनाएको भन्दै मृतकका आफन्तले असन्तुष्टि व्यक्त गरेका हुन् ।

बेग्लै छानबिन समिति गठन गर्नुपर्ने, मृतकका आफन्तका लागि रोजगारीको ग्यारेन्टी गरिनुपर्नेलगायत विभिन्न ८ वटा माग राखेर मृतकका आफन्त आन्दोलित भएका छन् । उनीहरुले आफूहरुको माग पूरा नभएसम्म मृतकद्वयको शव नबुझ्ने पनि बताएका छन् ।

मृतक सुजन राउतका मामा टेकबहादुर बुढाले भनेका छन्, ‘हामीले ८ वटा मागहरू पेश गरेका छौँ । माग पूरा नभएसम्म हामी मृतकको शव उठाउन सक्दैनौं ।’

शनिबार साँझ प्रधानमन्त्रीको कार्यालयमा सरकारका तर्फका गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका पदाधिकारीको उपस्थितिमा राहत तथा क्षतिपूर्तिका विषयमा छलफल भएको थियो । सो छलफलमा पीडित परिवारले सरकारसमक्ष ८ बुँदे माग राखेका थिए ।

‘सरकारले बनाएको छानबिन समिति ठिक भएन । त्यसलाई विगठन गरेर हाम्रो पनि प्रतिनिधि सहितको स्वतन्त्र न्यायिक छानबिन समिति बनाउनुपर्छ’, बुढाले भने ।

मृतकको शव किष्ट अस्पताल र पाटन अस्पतालमा राखिएको छ ।

शुक्रबार ललितपुरको बालकुमारीमा कोरियामा कामदारका लागि जान लिने भाषा परीक्षाको फारम भर्न नपाएका युवाहरूको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दैलेखका सुजन राउत र डोटीका वीरेन्द्र शाहको ज्यान गएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved