बालकुमारी घटनाप्रति एमालेको ध्यानाकर्षण, क्षतिपूर्तिको व्यवस्था गर्न माग

नेपालभ्युज

बालकुमारी घटनाप्रति एमालेको ध्यानाकर्षण, क्षतिपूर्तिको व्यवस्था गर्न माग

काठमाडौं । ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाप्रति नेकपा एमालले गम्भिर ध्यानाकर्षण भएको  जनाएको छ ।

एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमाले शुक्रबार विज्ञप्ति जारी गर्दै ईपीएसमार्फत कोरिया जान आवेदन दिन पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएकाहरूमाथि प्रहरीले गरेको दमनप्रति  खेद प्रकट गरेका हुन् ।

उनले आन्दोलनरत युवाहरूको माग वार्ता र संवादको माध्यमबाट अविलम्ब पूरा गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

सो घटनाको दुःख व्यक्त गर्दै एमालेले परीक्षामा सामेल हुन पाउनुपर्ने युवाहरूको न्यायोचित मागलाई वार्ताको माध्यमबाट अविलम्ब पुरा गर्न सरकारसँग माग गरेको छ । यस्तै एमालेले प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण र वैधानिक बाटोबाट समस्याको समाधान खोज्न kपनि अपिल गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved