१७औँ वार्षिकोत्सवमा क्युआर पेमेन्ट गर्दा १७ प्रतिशत छुट

नेपालभ्युज

१७औँ वार्षिकोत्सवमा क्युआर पेमेन्ट गर्दा १७ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा कार्ड तथा मोबाइल बैंकिङ्गमार्फत गरिने कारोबारहरूमा १७ प्रतिशतसम्म छुट तथा १,००० रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरूलाई यही पौष १६ गतेदेखि माघ १७ गतेसम्मका लागि बैंकको भिसा डेबिट र क्रेडिट कार्ड तथा एससीटी कार्डबाट योजना अवधिभर पीओएस मेसिनमार्फत गरिने १० वटाभन्दा बढी कारोबारमा २०,००० रुपैयाँभन्दा माथिको कारोबार रकममा १,००० रुपैयाँको क्यासब्याक उपलब्ध गराउने छ ।

यसका साथै, वार्षिकोत्सवकै अवसर आफ्ना ग्राहकहरूलाई थप छुट प्रदान गर्ने उद्देश्यका साथ बैंकका नयाँ खाता खोली ग्लोबल स्मार्ट प्लस प्रयोग गर्ने ग्राहकहरूले एस।एम।एसमा प्राप्त प्रोमो कोड प्रयोग गरी पहिलो पटकको क्युआर कारोबार तथा मोबाइल रिचार्जमा १७ प्रतिशत वा अधिकतम १७० रुपैयाँ सम्मको छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

यो क्यासब्याक योजना पौष १७ गते देखि २३ गतेसम्म लागू हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved