बाजुरामा जिप खोलामा खस्दा एक युवाको मृत्यु, अर्का एक घाइते

नेपालभ्युज

बाजुरामा जिप खोलामा खस्दा एक युवाको मृत्यु, अर्का एक घाइते

काठमाडौं । बाजुराको मालिवनमा जिप दुर्घटना हुँदा एक युवाको घटनास्थलमै मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा खप्तड छेडेदहका ३८ वर्षिय देवेन्द्रनाथको मृत्यु भएको हो ।

सिया ढुङ्गा जाँदै गरेकोे जिप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुुर्घटना भएको प्रहरीले जनाएको छ । जिपमा सवार मदन रोकाया घाइते भएका छन् । जिप सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेकोे छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved