क्रिकेटर सन्दीपविरुद्धको मुद्दामा आज पनि भएन फैसला

नेपालभ्युज

क्रिकेटर सन्दीपविरुद्धको मुद्दामा आज पनि भएन फैसला

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध मुद्धाको फैसला आज पनि हुन सकेन ।

उनको मुद्दामाथिको सुनुवाइ आज पनि नसकिएपछि काठमाडौं जिल्ला अदालतले आज फेरि हेर्दाहेर्दैमा राखेको हो । सुनुवाइ नसकिए कै कारण लामिछानेविरुद्धको मुद्दा पटक पटक हेर्दाहेर्दैमा परेको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबारदेखि सुनुवाइ भइरहेको छ ।

सुनुवाइमा सन्दीपको तर्फबाट दुईजना वकिलले बहस गर्न बाँकी भएको हो । सन्दीपको तर्फबाट सकिएपछि जाहेरवालाको तर्फबाट जवाफी बहस हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved