डेडिकेटेड र ट्रंकलाइनको मिटर तथ्यांकबिनै उद्योगमा बिल पठाएको स्वीकारे कुलमानले

‘‘२०७० सालको रिपोर्टले स्पष्ट भनेको छ, २४ घण्टा विद्युत् वितरण भएको छ, लोडसेडिङको समयमा डेढ सय मेगावाट उद्योगले खपत गरेका छन्, जुन कुरा छैन भन्ने कुरा आयो, त्यसकै पछि लाग्ने काम नगरौँ’’ उनले भने ।

नेपालभ्युज

डेडिकेटेड र ट्रंकलाइनको मिटर तथ्यांकबिनै उद्योगमा बिल पठाएको स्वीकारे कुलमानले

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरूमा प्रमाण बिनै बिल पठाइएको स्वीकारेका छन् ।

बिहीबार पत्रकार सम्मेलनमा उनले डेडिकेटेड फिडर र ट्रंक लाइनको टाइम अफ डेट (टीओडी) मिटरको तथ्यांक बिनै बिल पठाएको स्वीकार गरे ।

आफूलाई टीओडी (टाइम आफ डे) बिल अनिवार्य चाहिने उद्योगीको माग छ । नत्र प्रमाणबिना पठाइएको बिल फर्जी भएकाले नतिर्ने उद्योगीहरूको अडान छ । यसरी उनीहरूले बिल नतिरेपछि प्राधिकरणले लाइन काट्न थालेको हो ।

तर, कुलमानले भने घुमाउरो शैलीमा प्रमाणबिना पैसा मागेको र अहिले टीओडी मिटरको विषय नउचाल्नसमेत उनले आग्रह गरेका छन् ।

२०७० सालको प्रतिवेदनले नै उद्योगहरूमा विद्युत् खपत भएको दाबी गरे । रक्षात्मक अभिव्यक्ति दिँदै कुलमानले ‘जुन चिजको डाटा छैन, त्यसको पछि नलाग्न’ आग्रह गरे ।

‘‘२०७० सालको रिपोर्टले स्पष्ट भनेको छ, २४ घण्टा विद्युत् वितरण भएको छ, लोडसेडिङको समयमा डेढ सय मेगावाट उद्योगले खपत गरेका छन्, जुन कुरा छैन भन्ने कुरा आयो, त्यसकै पछि लाग्ने काम नगरौँ’’ उनले भने ।

उद्योगीले भने डेटाबिना प्राधिकरणले अवैध रूपमा पैसा मागेको आरोप लगाएका छन् ।

कतिपयले लोडसेडिङको समयमा डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत् जडानका लागि प्राधिकरणमा निवेदन नै नदिएको तर प्राधिकरणले पछि अतिरिक्त महसुलको बिल काटेको भन्दै उद्योगी रकम नतिर्ने अडानमा छन् ।

तर, प्राधिकरणले भने पैसा नतिरेको भन्दै चार वटा उद्योगको लाइन अघिल्लो शुक्रबार काटेको छ ।

सम्बन्धित समाचार –

उद्योगहरुमा अर्बौँको बिल पठाउँदै प्राधिकरण, नतिर्नेको लाइन काट्दै

डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद : स्वतन्त्र छानबिन समिति गठन गर्न उद्योगीको माग

डेडिकेटेड र ट्रंकलाइन विवादमा एफएनसीसीआईले भन्यो- उच्चस्तरीय अधिकार सम्पन्न आयोग बनाऊ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved