कन्दरा साङ्गीतिक ब्यान्ड कन्सर्टको टिकेटिङ पार्टनरमा आइएमई पे  

नेपालभ्युज

कन्दरा साङ्गीतिक ब्यान्ड कन्सर्टको टिकेटिङ पार्टनरमा आइएमई पे  

काठमाडौं । आइएमई पे कन्दरा साङ्गीतिक ब्यान्ड कन्सर्टको एक मात्र टिकेटिङ पार्टनरको रूपमा रहने भएको छ ।

‘पहिला घरदेश, अनि परदेश’ आन्तरिक पर्यटनको प्रवर्धन सन्देश लिई नेपालमा ८ स्थानमा सम्पन्न गर्न लागेको कन्सर्टको एक मात्र टिकेटिङ पार्टनर रूपमा आइएमई पे रहने भएको रहने भएको हो ।

‘हङ्गकङ्ग पोखरा’, ‘तगारोमा रूमालू, लेककी हे माया’, ‘तिमी पारी डाँडा पारी आदि कालजयी गीतहरू प्रस्तुत गरी नेपाली फोक पप सङ्गीतमा आफ्नो अमिट छाप छोडेको कन्दरा ब्यान्डले पौष २७ गते पोखराको पोखरा प्रदर्शनी केन्द्रबाट आफ्नो प्रत्यक्ष साङ्गीतिक कार्यक्रम सुरु गर्दै छ ।

पहिलो कार्यक्रम पोखराबाट सुरु गरी अन्तिम कार्यक्रम काठमाडौंमा समापन गर्ने लक्ष्य कन्दरा ब्यान्डको व्यवस्थापन कम्पनि एल्फा स्क्वायरले जनाएको छ ।

पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा हुन लागेको कार्यक्रममा गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पोखरा प्रज्ञा प्रतिष्ठान, लाइन्स क्लब अफ पोखरा सामीप्य, आदि सङ्घ संस्थाले प्रवर्धन गरिरहेका छन् ।

सो कन्सर्टको एक मात्र एक्सक्लुसिव टिकेटिङ पार्टनर रूपमा आइएमई पे आबद्ध भएको छ । जसले आफ्नो आधिकारिक मोबाइल एपबाट टिकट बिक्री गर्ने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved