चूडामणि शर्मालाई उच्च अदालतले भ्रष्टाचारी ठहर नगरेपछि सर्वोच्च पुग्यो अख्तियार

नेपालभ्युज

चूडामणि शर्मालाई उच्च अदालतले भ्रष्टाचारी ठहर नगरेपछि सर्वोच्च पुग्यो अख्तियार

काठमाडौं। आन्तरिक राजस्व विभागका तत्कालीन निलम्बित महानिर्देशक चूडामणि शर्मा लगायतविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

विशेष अदालतले गरेको फैसला चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।

सर्वोच्चमा आइतबार पुनरावेदनको निवेदन दिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए । विशेष अदालतले चूडामणि शर्माले भ्रष्टाचार गरेको भन्ने आयोगको दाबीमा ‘दाबी नपुग्ने’ ठहर गरेको थियो ।

चूडामणि शर्मा र उनकी श्रीमती कल्पना उप्रेती शर्माका बारेमा विशेष अदालतले गत जेठ १८ गते गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने आयोगको ‘दाबी नपुग्ने’ ठहर गरेको थियो ।

एक अर्ब विगो दाबी परेका चूडामणि शर्मासँग विशेषले माग्यो ५० लाख धरौटी

तर, आयोगले विशेष अदालतको सो फैसलामा चित्त नबुझेको भन्दै विभिन्न जिकिर लिँदै सर्वोच्चमा पुनरावेदन गरेको छ ।

आयोगका अनुसार चूडामणि शर्माको जाँच अवधिको समग्र व्यय ७ करोड १५ लाख ७३ हजार ३८ रुपैयाँ र आय ३ करोड ७० लाख ४० हजार ६ सय ८१ रुपैयाँ १५ पैसा देखिएको छ ।

यस अर्थमा शर्माले ३ करोड ४५ लाख ३२ हजार ३५६ रुपैयाँ ८५ पैसा बराबरको रकमको स्रोत पुष्टि गर्न नसकेको आयोगको दाबी छ । आयोगले उक्त रकम गैर कानुनी रूपमा शर्माले आर्जन गरेको दाबीसहित सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved