ओस्कार विजयी फिल्म ‘प्यारासाइट’का अभिनेता मृत भेटिए, आत्महत्या कि हत्या ?

नेपालभ्युज

ओस्कार विजयी फिल्म ‘प्यारासाइट’का अभिनेता मृत भेटिए, आत्महत्या कि हत्या ?

काठमाडौं । ओस्कार विजेता फिल्म ‘प्यारासाइट’मा आफ्नो भूमिकाका लागि चर्चित दक्षिण कोरियाली अभिनेता ली सुन–क्युन मृत भेटिएका छन् ।

बुधबार बिहान उनी मृत भेटिएको दक्षिण कोरियाली प्रहरीले पुष्टि गरेको छ ।

४८ वर्षीय अभिनेता सियोलको एउटा पार्कमा कारमा अचेत अवस्थामा फेला परेका थिए । लीले आत्महत्या गरेका हुन् कि होइनन् भन्ने कुरा स्पष्ट छैन । उनको मृत्युको खबरले सामाजिक सञ्जाल तातेको छ ।

अभिनेत्री जिओन हे–जिनसँग विवाह गरेका र उनीसँग दुई जवान छोरा भएका अभिनेताको करिअर दुई दशकभन्दा बढी लामो थियो ।

उनले दर्जनौं फिल्म र टिभी कार्यक्रममा मुख्य भूमिका निर्वाह गरे । सन् २०१० देखि उनी दक्षिण कोरियामा चर्चित बने ।

उनी ‘प्यारासाइट’मा पार्क डोङ–इकको रूपमा अन्तर्राष्ट्रिय प्रसिद्धिमा पुगे । यो फिल्ममा उनलाई धनी पार्क परिवारका बुबा जसलाई असम्बन्धित व्यक्तिको रूपमा प्रस्तुत गरी गरीब परिवारका सदस्यहरूले घुसपैठ गरेको चरित्रमा देखाइएको छ ।

सो फिल्मले सन् २०२० मा ओस्कारमा सर्वश्रेष्ठ फिल्मसहित चार अवार्ड जित्यो । साथै, ओस्कारको मुख्य विधा जित्ने पहिलो गैरअंग्रेजी फिल्म समेत बन्यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved