रुसी युद्ध पोतमा युक्रेनको आक्रमण, व्यापक क्षति

नेपालभ्युज

रुसी युद्ध पोतमा युक्रेनको आक्रमण, व्यापक क्षति

काठमाडौं। युक्रेनले गरेको आक्रमणमा आफ्नो युद्ध पोतमा क्षति पुगेको रुसले जनाएको छ।

सोमबार रुसको कब्जामा रहेको क्रिमियास्थित फेडोसियाको बन्दरगाहमा आक्रमण भएको हो। युक्रेनले प्रहार गरेको मिसाइलले नोभोचेकेस्क नामक युद्धपोतमा क्षति पुगेको रुसको रक्षा मन्त्रालयले पुष्टि गरेको हो ।

यो आक्रमण कृष्ण सागरमा गरिएको थियो । क्राइमियाका रुसी–स्थापित गभर्नर सर्गेई अक्स्योनोभले सो आक्रमणमा एकजनाको मृत्यु भएको बताएका छन्। उनले ६ भवनमा क्षति पुगेको र केही मानिसलाई अस्थायी शिविरमा लगिएको जानकारी गराए।

युद्ध पोत लडाकु विमानवाहक पानीजहाज हो । जसबाट दर्जनौं लडाकु विमानले उडान भर्न सक्छन् ।

अन्तर्राष्ट्रिय स्तरमा क्राइमिया युक्रेनको भागको रुपमा चिनिए पनि सन् २०१४ मा रुसले अतिक्रमण गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved