रेक्चाका बासिन्दाले पानी माग्दै डोको र गाग्री बोकेर गाउँपालिकाको कार्यालय घेरे

रेक्चाका बासिन्दाले पानी माग्दै डोको र गाग्री बोकेर गाउँपालिकाको कार्यालय घेरे

सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५ स्थित रेक्चा गाउँका नागरिकले खानेपानीको माग राख्दै गाउँपालिकाको कार्यालय घेराउ गरेका छन् ।

खानेपानीका लागि भूमिगत कुवा रहेको रेक्चामा यो वर्ष खडेरीका कारण सुकेपछि स्थानीयहरूले पालिकाको कार्यालय घेराउ गरेका हुन् ।

चौकुने गाउँपालिका– ५ मा पर्ने रेक्चामा झण्डै ४० घरधुरी छन् । सुक्खा खडेरीमा भूमिगत कुवा सुक्दा काकाकुल बनेका स्थानीयहरूले गाग्रीसहित पालिकाको कार्यालयमा पुगेर प्रदर्शन गरेका हुन् ।

एक गाग्री पानीका लागि कहिलेसम्म कुर्नुपर्ने सरकार ? भन्दै स्थानीयले विरोध जनाएका हुन् ।

खानेपानीको चरम संकट चुलिएपछि स्थानीयवासीहरू रेक्चा खानेपानी संघर्ष समिति नै गठन गरेर विरोधमा उत्रिएका हुन् ।

रेक्चा गाउँ पालिकाको मुकाम गुटुदेखि उत्तरतर्फ करिब चार किलोमिटरको दुरीमा पर्छ । अग्लो पहाडको थुम्कोमाथि समथर मैदानमा रहेको यो गाउँ वर्षौँदेखि पानीको चरम अभावमा गुज्रिरहेको छ ।

सरकारबाट भइरहेको खानेपानी आयोजना सफल नभएकाले त्यो ठाउँका लागि ठूलो रणनीतिक योजना बनाउनुपर्ने गाउँपालिकाका अध्यक्ष खड्ग विक (विवश)ले बताए ।

यद्यपि यस ठाउँको दीर्घकालीन समस्या समाधानका लागि भने नयाँ तरिकाले सम्भाव्यता अध्ययन गर्नुपर्ने उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved