कांग्रेस सभापति देउवा आज तनहुँ जाँदै

नेपालभ्युज

कांग्रेस सभापति देउवा आज तनहुँ जाँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज तनहुँ पुग्दै छन् । विपी स्मृति भवनको उद्घाटन तथा कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्न सभापति देउवा राष्ट्रपति रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँ पुग्ने भएका हुन् ।

कार्यक्रममा केन्द्रीय पदाधिकारीहरु, पूर्वपदाधिकारीहरु, गण्डकी प्रदेशका पदाधिकारी, जिल्ला पदाधिकारी तथा सदस्यहरू प्रतिनिधि सभा निर्वाचन क्षेत्रका पदाधिकारीसहितका नेता कार्यकर्ताको सहभागिता रहने तनहुँ सभापति जीतप्रकाश आलेले जानकारी दिए ।

विपी स्मृति भवन चन्दादाताको सहयोगमा १ करोड ७२ लाखमा निर्माण गरिएको राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले जानकारी दिए । सभापति देउवाले भवन निर्माण तथा जग्गा खरिदमा सहयोग गर्नेहरुलाई सम्मान गर्ने छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved