क्रिकेटर लामिछानेविरुद्ध बलात्कार मुद्दाको पेसी आज

नेपालभ्युज

क्रिकेटर लामिछानेविरुद्ध बलात्कार मुद्दाको पेसी आज

काठमाडौं । पटक पटक पेसी सर्दै आएको क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको आजका लागि अर्को पेसी तोकिएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा बलात्कार सम्बन्धी मुद्दा विचाराधिन छ ।

यसअघि गत मंसिर २४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदनमार्फत सुनुवाइ स्थगन गराएका थिए ।

गत वर्ष नेपाल फर्किने क्रममा उनी विमानस्थलबाटै पक्राउ परेका थिए ।

लामिछानेलाई २०७९ साल पुस २८ गते पाटन उच्च अदालतले २० लाख रुपैयाँ धरौटी लिई तारेखमा रिहा गरेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved