नगरपालिकाका उपप्रमुखको गाडीमा आगजनी

नेपालभ्युज

नगरपालिकाका उपप्रमुखको गाडीमा आगजनी

काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकाका उपप्रमुख रेणु महतो चढ्ने गाडीमा अपरिचित समूहले आगजनी गरेको छ । आगजनीबाट सरकारी गाडीको पछिल्लो भाग जलेको छ ।

उपप्रमुख महतोको निवासमा पार्किङ गरिएको गाडीमा शनिबार राति आगजनी भएको हो । आगजनी गर्ने व्यक्ति र कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

पेट्रोल छर्केर गाडीमा आगजनी गरिएको परिवारले बताएका छन् ।

पेट्रोलको गन्ध आएपछि परिवारले आगजनी भएको थाहा पाएर लगत्तै प्रहरीलाई खबर गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved